नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने तयारी, अर्थमन्त्रालय पुग्यो संशोधन मस्यौदा – Nepal Press

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने तयारी, अर्थमन्त्रालय पुग्यो संशोधन मस्यौदा

चुक्ता पूँजी ३ अर्ब पुर्‍याइने

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि सरकारले काम थालेको छ । ३ अर्ब चुक्ता पूँजीमा नयाँ लाइसेन्स दिने गरी अर्थमन्त्रालयमा कानून संशोधन हुन लागेको हो ।

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लागि धितोपत्र बजार सञ्चालन नियमावली २०६४) संशोधन प्रस्ताव स्वीकृत गरेको हो ।
नेपाल धितोपत्र बोर्डले सञ्चालक समितिले नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिनका लागि मस्यौदा संशोधनका लागि अर्थमन्त्रालय पठाएको थियो ।

अब अर्थमन्त्रालयले संशोधित मस्यौदाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजानेछ । मन्त्रिपरिषद्ले स्वीकृत दिए पनि नयाँ स्टक एक्सचेञ्जले लाइसेन्स पाउने बाटो खुल्नेछ ।

धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को पहिलो संशोधन २०६७ अनुसार धितोपत्र बजार सञ्चालक (स्टक एकचेञ्ज) को न्यूनतम चुक्ता पूँजी ५ करोड भए पुग्ने व्यवस्था थियो । अब भने यो वृद्धि भएर ३ अर्ब पुग्ने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *