सेयर कारोबार असोजदेखि पुन: ५ दिनमै झारियो – Nepal Press

सेयर कारोबार असोजदेखि पुन: ५ दिनमै झारियो

काठमाडौं । विश्वमै ६ दिन कारोबार गरेर नयाँ प्रयोग गरिएको सेयर कारोबार असोजदेखि पुन: ५ दिनमा झारिने भएको छ । गत असार ३ गतेदेखि शुक्रबार पनि कारोबार हुँदै आएको थियो । अन्य देशमा पनि ५ दिनमात्रै कारोबार हुने गरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सञ्चालक समितिको बैठकले अब शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

नेपालमा सुरूमा ५ दिन हुँदै आएको कारोबार असार ३ बाट आइतबादेखि बिहिबारसम्म ११ देखि ३ बजे र शुक्रबार ११ बजेदेखि १ बजेसम्म गरिन्थ्यो । असोजदेखि आइतबार-बिहीबारसम्म ११ देखि ३ बजेसम्म मात्रै सेयर कारोबार हुने भएको छ ।

लगानीकर्ताले यसअघि शुक्रबार पनि कारोबारको माग गरेका थिए । तर, अहिले लगानीकर्ता, नियामक निकायको सुझाव र नेप्सेको सुधारका लागि भन्दै शुक्रबारको कारोबार बन्द गर्न लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *