एसिया कप क्रिकेटमा पाकिस्तान र भारत फेरि भिड्दै – Nepal Press

एसिया कप क्रिकेटमा पाकिस्तान र भारत फेरि भिड्दै

काठमाडौं। यूएईमा जारी एसिया कप क्रिकेटमा आज साँझ भारत र पाकिस्तान भिड्दैछन्। खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरुहुनेछ ।

यसअघि पहिलो चरणमा पनि यी दुई टोली भिडेका थिए जसमा भारत विजयी भएको थियो। प्रतियोगिताको सुपर-४ मा भारत र पाकिस्तानबाहेक अफगानिस्तान र श्रीलंका पनि पुगेका छन्।

सुपर-४ मा राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली प्रतियोगिताको उपाधिका लागि भिड्नेछन्। भारत र पाकिस्तान दुवैले दोस्रो चरणमा पहिलो खेल खेल्न लागेका हुन्।

शनिबार श्रील‌ंकाले अफगानिस्तानलाई हराएको थियो। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तानबीच हालसम्म १४ पटक प्रतिस्पर्धा भएको छ। तीमध्ये ९ खेलमा भारतले जित हात पारेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर