पञ्चशील बहुउद्देश्यीय सहकारीले १८ प्रतिशत बोनस दिने – Nepal Press

पञ्चशील बहुउद्देश्यीय सहकारीले १८ प्रतिशत बोनस दिने

काठमाडौं । ललितपुर महानगर-१९ कुमारीपाटीमा अवस्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई १८ प्रतिशत शेयर बोनस प्रदान गर्ने भएको छ ।

संस्थाको आज सम्पन्न २२ औं साधारणसभाले आर्थिक वर्ष ०७८/०७९ को लाभांश पारित गरेको हो ।

संस्थाले गत वर्ष ८ करोड ५१ लाख १८ हजार २ ५६ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, संस्थाको तर्फबाट यस वर्ष २ करोड २८ लाख ९७ हजार ४ सय ७७ रुपैयाँ आयकर तथा अन्य विभिन्न शिर्षकहरुमा राजस्वमा योगदान गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष अशोक बज्राचार्यले आ.व. २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०७९/०८० को लागि निति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए ।

संस्थाको आर्थिक वर्ष ०७७/०७८ मा शेयर पूँजीतर्फ१६ करोड ७० लाख २५ हजार ५ सय रुपैयाँ कायम हुन गएको छ ।

त्यस्तै,संस्थाले बचत (निक्षेप) तर्फ रु २ अर्ब ४ करोड ४० लाख ८४ हजार २ सय ९९ रुपैँया ४३ पैसा संकलन गरेको छ भने संस्थाले वार्षिक कारोबार २ अर्ब ८९ करोड ५ लाख ४१ हजार ९३ रुपैँया ५० पैसा पुर्‍याउन सफल भएको छ । त्यसै गरी संस्थाको जगेडा कोष तथा अन्य कोष गरी जम्मा रु २८ करोड ६० लाख ९४ हजार ८ सय ७८ रुपैँया रहेको देखिन्छ ।

संस्थाले अन्य सहकारीको बीचमा नमुना सहकारीको रुपमा आफू पञ्चशीललाई स्थापित गर्न सफल भएको कार्यकारी प्रमुख राजु खतिवडाले जानकारी दिए ।

संस्थाले गत आ.व. २०७७/०७८ देखि एटीएम, मोबाइल बैंकिङ, क्युआर कोडको सुविधा दिइरहेको खतिवडाले जानकारी गराए ।

त्यस्तै, संस्थाका सचिव घनश्याम धमलाले संचालन गरेको उक्त सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बि.उप्रेतीले राज्यको तिन खम्बे अर्थनीतीमध्ये एक खम्बा सहकारी क्षेत्र रहेकोले राज्यको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ यो संस्था अगाडि बढिरहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *