नेपालले केन्यालाई दियो २३१ रनको लक्ष्य – Nepal Press

नेपालले केन्यालाई दियो २३१ रनको लक्ष्य

काठमाडौं । दोस्रो एकदिवसीय खेलमा नेपालले केन्यालाई २३१ रनको लक्ष्य दिएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २३० रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय इनिङ खेले । उनले ९५ बलमा ७ चौका प्रहार गरे।

त्यस्तै, देव खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाए । ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदील अन्सारीले १४, अर्जुन साउदले ५ तथा दीपेन्द्र सिंह ऐरी र पवन सर्राफ समान २ रन बनाएर आउट भए ।

करण केसी ११ रनमा आउट हुँदा आदील आलम सुन्य रनमा अविजित रहे । केन्याका भिराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले २/२ विकेट लिए । पहिलो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर