ललितपुरमा १४ वर्षमुनिका बालबालिका लक्षित फुटबल तालिम शुरु – Nepal Press

ललितपुरमा १४ वर्षमुनिका बालबालिका लक्षित फुटबल तालिम शुरु

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ ले १४ वर्ष मुनिका बालबालिकालाई फुटबल तालिम शुरु गरेको छ । वडा कार्यालयको सहयोग र श्री बालकुमारी श्रृजना क्लबको व्यवस्थापनमा आजबाट तालिम शुरु भएको हो । तालिमको वडा अध्यक्ष दामोदर खड्काले उद्घाटन गरेका थिए ।

तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष खड्काले वालबालिकालाई फुटबल प्रति आकर्षित गराउन र भविष्यमा उत्कृष्ठ खेलाडी उत्पादन गर्न फुटबल तालिम आयोजना गरेको बताए । उनले भने,‘आजबाट तालिम शुरु भएको छ । यस्लाई सधैको लागि निरन्तरता दिनेछौँ । बालबालिकालई कुलतबाट टाढै राख्न र आफ्नो शारिरिक विकास गर्न तालिम सञ्चालन गरेका हौ ।’

सो क्लबले भविष्यमा १४ वर्ष भन्दा मुनि, डि,सि बि र ए डिभिजन खेल्न खेलाडी उत्पादन गर्न तालिम आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष दीपक थापामगरले वडा कार्यालयले क्लबको सपना पुरा गरेको बताए । जिल्ला फुटबल संघ ललितपुरका उपाध्यक्ष समेत रहेका अध्यक्ष थापाले क्लबलाई ए डिभिजनमा पु¥याउने उद्देश्यले १४ वर्ष मुनिका वालवालिकालाई छनौट गरेको बताए।
क्लबले यसअघि जिल्ला र राष्ट्रिय स्तरको विभिन्न प्रतियोगितामा फुटबल प्रतियोगिता खेलिसकेको छ ।

एन्फाका प्रशिक्षक नरेश थापा र सहायक प्रशिक्षक सुमन थापाले प्रशिक्षण दिनेछन् । तालिममा करिब ५५ जना विद्यार्थीको सहभागिता रहेको छ । प्रशिक्षकको सुझाव र सल्लाहको आधारमा प्रशिक्षण शुरु गर्नेछ । वडाका जनप्रतिनिधिहरुले पदबाहली गरेको सयदिन पुरा भएको अवसरमा तालिम सञ्चालन गरिएको वडा सदस्य गोपाल डंगोलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *