अष्ट्रेलियामाथि जिम्वावेको ऐतिहासिक जित – Nepal Press

अष्ट्रेलियामाथि जिम्वावेको ऐतिहासिक जित

काठमाडौं। एकदिवसिय शृङखलामा अष्ट्रेलियालाई तीन विकेटले पराजित गर्दै जिम्वावेले ऐतिहासिक जित निकालेको छ ।

जिम्वावेको जितमा स्पिनर रयान बर्लले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए । उनले पाँच विकेट लिए । तीन खेलको शृङखलामा एक जित र दुई हारको नतिजा निकालेको जिम्वावेले उपाधि भने घरेलु टिमलाई नै सुम्पिएको थियो ।

जतको लागि अष्ट्रेलियाले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको जिम्वावेले ३९ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

जिम्वावेको जितमा ओपनर तडिवानासे मारुमानीले ३५ रनको योगदान गरे । कप्तान रेजिस चकभाले ३७ रनमा अविजित रहे ।

टोनी मुनयोंगा १७, सिकन्दर राजा ८, रयान बर्ल ११ र सेन विलियम्स शून्यमा आउट भए । अष्ट्रेलियाका जोश हेजलवुडले १० ओभरमा २ मेडनसहित ३० रन खर्चेर ३ विकेट लिए ।

अष्ट्रेलियाको वलिङमा क्यामरन ग्रिन, मार्कस स्टोइनिस र एश्टन अगरले एक एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर