खेल सकिएको ठानेर हिँडेका दिपेन्द्र र रोहित किन फर्किनुपर्यो क्रिजमा ? – Nepal Press

खेल सकिएको ठानेर हिँडेका दिपेन्द्र र रोहित किन फर्किनुपर्यो क्रिजमा ?

काठमाडौं । केन्यामा जारी एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालका ब्याटर रोहित पौडेल र दिपेन्द्रसिंह ऐरी खेल सकिएर मैदानबाट बाहिर जानै लाग्दा फेरि क्रिजमा फर्किएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

शुक्रबार जिमखाना क्रिकेट मैदानमा भएको खेलमा नेपाले केन्याले दिएको २ सय १९ रनको लक्ष्य पछ्एको नेपालले ४७.२ ओभरमा तीन विकेट गुमाउँदै २ सय २० रन बनाएर पुरा गरेको थियो ।

चौथो र पाँचौं नम्बरमा क्रिजमा आएका दिपेन्द्र र रोहित १७.१ ओभरमै खेल सकियो भनेर विपक्षी खेलाडीसँग हात मिलाउँदै मैदान बाहिर जाना लागेका थिए । तर पछि उनीहरुलाई थाहा भयो खेल सकिन एक रन बाँकी रहेछ । त्यहि भएर उनीहरु हाँस्दै फेरि क्रिजमा फर्किएर खेल सकेका थिए ।

पहिलो खेलमा नेपालले केन्याविरुद्ध ७ विकेटको उत्कृष्ट जित निकालेको थियो । नपालका आसिफ शेख ले सतकिय इनिङ खेले । उनले नेपालका लागि १ सय ८ रनको योगदान गरे । अर्का ओपनर अर्जुन साउदले ६१ रन जोडे । ज्ञानेन्द्र मल्ल २३ रनमा आउट हुँदा दिपेन्द्र १५ र रोहित ३ रनमा अविजित रहे ।

नेपालले एकदिवसिय अन्तर्गतको दोस्रो खेल आज खेल्दैछ ।

@ghanashyam_adhikari

#nepalicricket #korea #fumnyvideos #viral #fly #kenya

♬ Funny Laugh Of Loud (Voice Mix) – Wheezy

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *