केन्याविरुद्ध नेपाल जिततर्फ, ओपनरद्वय आसिफ र अर्जुनले बनाए अर्धशतक – Nepal Press

केन्याविरुद्ध नेपाल जिततर्फ, ओपनरद्वय आसिफ र अर्जुनले बनाए अर्धशतक

काठमाडौं । ओपनरद्वय अर्जुन साउद र आसिफ शेखको अर्धशतकमा नेपालले केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा जितको सम्भावना बलियो बनाएको छ ।

नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २१९ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि ओपनर आसिफ र अर्जुनले अर्धशतक बनाएसँगै नेपालले २६ ओभरमा कुनै पनि विकेट नगुमाई ११४ रन बनाएको छ । नेपालका लागि आसिफले ६५ र अर्जुनले ५४ रन बनाएका छन् । आसिफले ७७ बलमा आठ चौका प्रहार गर्दा अर्जुनले ७९ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका छन् ।

यसअघि टस जितेर ब्याटिङमा आएको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाउनुअघि एक दुई सय १८ रनको योगफल तयार गरेको थियो । सन्दीप लामिछानेको अनुपस्थितिमा नेपालको कप्तनी रोहित पौडेलले गरिरहेका छन् ।

केन्यासँग तीन खेलको एकदिवसीयमा नेपालले दोस्रो खेल शनिबार र तेस्रो खेल सेमबार खेल्ने तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर