केन्यासँगको पहिलो एकदिवसीय खेलमा टस हारेर फिल्डिङ गर्दै नेपाल – Nepal Press

केन्यासँगको पहिलो एकदिवसीय खेलमा टस हारेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं । केन्यासँगको पहिलो एकदीवसीय खेलमा नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।

अभ्यासस्वरूप खेलिएको खेल नेपालले रोहित पौडेलको कप्तानीमा खेल्दैछ । कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जाने भएपछि रोहितले कप्तानको जिम्मेवारी पाएका थिए ।

यसअघि पाँच खेलको टी-२० श्रृंखला ३-२ ले आफ्नो पक्षमा पारेको नेपालले केन्यासँग तीन खेलको एकदीवसीय अभ्यास खेल खेल्नेछ ।
दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार खेल्नेछ ।

नेपालको प्लेइङ- ११

अर्जुन साउद, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान) , दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, मोहम्मदआदिल आलम, करण केसी, सोमपाल कामी, वसिर अहमद र साहब आलम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर