सन्‌राइज बैंक ‘एक्सिलेन्स् इन प्रडक्ट इनोभेसन २०२२’ अवार्डबाट सम्मानित – Nepal Press

सन्‌राइज बैंक ‘एक्सिलेन्स् इन प्रडक्ट इनोभेसन २०२२’ अवार्डबाट सम्मानित

काठमाडौं । सन्‌राइज बैंक भिजाबाट ‘एक्सिलेन्स् इन प्रडक्ट इनोभेसन २०२२’अवार्डबाट सम्मानित भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा।निलम डुंगानाको समुपस्थितिमा बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपाललाई सो अवार्ड हस्तान्तरण गरिएको थियो ।

बैंकले सहकारी सदस्यहरुलाई भिसा नेर्टोक भित्र समावेश गरी डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गरी नविनतम सेवा सुविधा प्रदान गरेकाले उक्त अवार्ड प्रदान गरिएको हो ।

नेपालमै पहिलो पटक मिस्डकल गरेर बत्तिको पैसा तिर्ने सुविधा समेत बैंकले दिदै आएको छ । यसका साथै समय साप्रेक्षरुपमा प्रविधि युक्त विभिन्न सेवा सुविधाहरु समेत दिदै आएको छ जस्मा आफ्नै फोटो राख्ने डेबिट कार्ड र मिस्डकल रिचार्ज आदि हुन् ।

हाल बैंकले आफ्ना ग्राहकहरूलाई ३ लाख भन्दा बढी भिसा कार्डहरू जारी गरेको छ । बैंकले १३९ वटा शाखा,९५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए।टि।एम मार्फत आफ्ना ९ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *