विवाहको ११ वर्षपछि आमा बन्दै सविना कार्की, भीमनिधिको कविता सेयर गर्दै बाँडिन् खुशी – Nepal Press

विवाहको ११ वर्षपछि आमा बन्दै सविना कार्की, भीमनिधिको कविता सेयर गर्दै बाँडिन् खुशी

काठमाडौं । चर्चित आरजे सविना कार्की विवाहको ११ वर्षपछि आमा बन्ने भएकी छन् । उनले सामाजिक सञ्जालमार्फत ‘बेबी बम्प’ सार्वजनिक गर्दै खुशी साटेकी हुन् ।

‘म पनि आमा बन्ने तर्खरमा छु’, सविनाले तस्वीरसहित लेखेकी छन्, ‘यस आमा शब्दको गुञ्जन सुन्ने दिव्य अवसर मलाई पनि मिल्नेछ । तपाईंको आशीर्वाद, शुभेच्छा र माया सधैं लेखिरहनुहोस् है ।’

यस स्टाटससँगै भीमनिधि तिवारीको मार्मिक कविता पनि सेयर गरेकी छन् ।

यस्तो छ उनले सेयर गरेको कविताः

सधैंका लागि आउने भए मेरी बनाउँला
फकाँला फुलाउँला गिज्याउँला हँसाउँला

बसन्ती फूलबारीमा बढाई प्रेम प्यारीमा
चमेलीको छहारीमा बसी माला गुथाउँला

शरदमा शान्त जंगलको खुला मैदानमा जाई
हजारौं काइदा चुम्बनकला जम्मै सिकाउँला

सविना नेपालकै चर्चित र लोकप्रिय आरजेभित्र पर्छिन् । उनले रेडियो कार्यक्रममा सञ्चालन गर्ने ‘यो माया भन्ने चिज यस्तै हो’ कार्यक्रम अत्यधिक पपुलर थियो । १५ वर्षसम्म रेडियो कान्तिपुरमा काम गरेकी सविना २०७३ सालमा सो रेडियो छोडेकी थिइन् । त्यसपश्चात उनी पडकास्टमा व्यस्त छिन् ।

सामाजिक सञ्जालमा सविनाको फ्यान फलोइङ लोभलाग्दो छ । उनलाई फेसबुकमा १२ लाखले फलो गरेका छन् । आफू आमा बन्न लागेको उनको स्टाटसमा सात हजारभन्दा बढी कमेन्ट आएका छन् ।

सविना सन् २०११ मा अनिल पराजुलीसित विवाह बन्धनमा बाँधिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *