नेपाल बैंकबाट आईपीओ भर्दा सिआस्वा शुल्क नलाग्ने – Nepal Press

नेपाल बैंकबाट आईपीओ भर्दा सिआस्वा शुल्क नलाग्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडबाट आईपीओ भर्ने ग्राहकहरुले धितोपत्र आवेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पूरै छुट पाउने भएका छन् । बैंकका अनुसार अबदेखि सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकबाट निःशुल्क रुपमा आईपीओ भर्न सक्नेछन् ।

हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिदसम्बन्धी सुविधा उपलब्ध गराएबापत बैंक तथा वित्तीय संस्थाले बढिीमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।

बैकले नेपालभर २१९ शाखा, १८६ एटीएम र ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकलाई वित्तीय सेवा पुर्‍याइरहेको छ । बैंक ग्राहक सेवामा सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *