आज विवाह बन्धनमा बाधिँदै किरण चेम्जोङ र कञ्चन निरौला – Nepal Press

आज विवाह बन्धनमा बाधिँदै किरण चेम्जोङ र कञ्चन निरौला

काठमाडौं । नेपाली फुटबल टिमका पूर्वकप्तान किरण चेम्जोङ आज विवाह बन्धनमा बाधिँदैछन् । प्रेमिका कञ्चन निरौलासँग आज लगनगाँठो कस्न लागेका हुन् । उनीहरुले सीमित आफन्तलाई मात्र विवाहमा बोलाएका छन् । उनीहरुले साेमबार हल्ली मेहेन्दीकाे कार्यक्रम गरेका थिए ।

चेम्जोङका प्रेमिका एती एअरलाइन्समा एअर होस्टेज हुन् । गत साउन १७ मा चेम्जोङ सहभागी माजिया स्पोर्टस एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले टिमकै अगाडि प्रेमिकासँग ‘ईंगेजमेन्ट’ गरेका थिए ।

बुझिएअनुसार विगत डेढ वर्षदेखि किरण र कञ्चन प्रेममा छन् । यसअघि नेपालले थ्री नेसन्स कप जितेपश्चात किरणले उपाधि उचाल्दा कञ्चन पनि फ्रेममा देखिएकी थिइन् । उनीहरूको भिडिओ टिकटकमा आएको थियो । यद्यपि, आधिकारिकरूपमा उनीहरूले आफ्नो प्रेम सम्बन्ध उजागर गरेका थिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर