मुक्तिनाथ कृषि कम्पनीद्धारा एकैसाथ ८ वटा सहायक पब्लिक कम्पनीको उद्घाटन – Nepal Press

मुक्तिनाथ कृषि कम्पनीद्धारा एकैसाथ ८ वटा सहायक पब्लिक कम्पनीको उद्घाटन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफनो चौथो स्थापनाको अवसरमा कषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्यसहित एकैपटक ८ वटा सहायक कम्पनीको उद्घाटन गरेको छ ।

कम्पनीले मंगलबार मुक्तिनाथ सिड बैङ्क लि, मुक्तिनाथ फर्टिलाईजर बैक लि, मुक्तिनाथ नर्सरी बैक लि, मुक्तिनाथ लाईभस्टक बैङ्क लि, मुक्तिनाथ हर्बल बैङ्क लि, मुक्तिनाथ फूड बैङ्क लि, मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लि र मुक्तिनाथ ट्रेडिङ लि गरेर ८ वटा सहायक पब्लिक कम्पनी उद्घाटन गरेको हो ।

कम्पनीले स्थापना गरेको सहायक कम्पनीमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत र सर्वसाधारणबाट २० प्रतिशत लगानी रहनेछ भने हरेक सहायक कम्पनीले कृषि र सम्बन्धित क्षेत्रको लागि विशिष्टकृत वस्तु तथा सेवाको उपलब्ध गराउनेछ ।

जसमा बिउ बैंकल गुणस्तरीय बीउ प्रवर्द्धन, मल बैंक मलको दिगो मल व्यवस्थापन, नर्सरी बैंक जुनसुकै समयमा रोपणको लागि आवश्यक तयारी बिरुवाहरु उपलब्धता, लाइभस्टक बैंक पशुपन्छिजन्य उत्पादनहरुको उत्पादकत्व वृद्धि, हर्बल बैंकले प्राकृतिक अर्थतन्त्रको विकास, फुड बैंकले देशको सम्वृद्धिको लागि, मेशिनरी कम्पनी नेपाल उपयोगी औजार उपकरण उत्पादन, र ट्रेड्रिङ्ग कम्पनीले एकै ठाँउबाट कृषक र उपभोक्तालाई आवश्यक सामाग्रिको वितरणका काम गर्नेछन् ।

कम्पनीले स्थापना गरेका सहायक कम्पनीमार्फत कृषि क्षेत्रको विकासका लागि एकिकृत रुपमा नीजि क्षेत्रले निवाह गर्न मद्दत पुग्ने कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले जानकारी दिए । उनका अनुसार यसका साथै यो अभियानले नीजि लगानीकर्तालाई संस्थागत रुपमा गनका लागि मार्गदर्शन पनि गर्नेछ ।

यससँगै विभिन्न सरकारी तथा गरसरकारी क्षेत्रबाट स्थापना भई संचालन गर्न कठिनाई भइरहेका विभिन्न कम्पनी, उद्योग, फर्मलाई पनि सहायक कम्पनीमा समाहित गरी संचालन गर्न सक्षम हुने कम्पनीले अपेक्षा लिएको कार्यकारी अध्यक्ष ढकालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *