झिनाे लक्ष्यमा चुक्याे नेपाल, केन्यासित ७ रनले पराजित – Nepal Press

झिनाे लक्ष्यमा चुक्याे नेपाल, केन्यासित ७ रनले पराजित

काठमाडौं । टी–२० श्रृङखलाको चौथो खेलमा नेपाल केन्यासँग ७ रनले पराजित भएको छ । नैरविस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला फिल्डिङको निम्तो पाएको नेपालले १ सय १ रनको विजयी लक्ष्य पाएको थियो ।

नेपालले २० ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्रै नेपालका लागि रोहित पौडेलले ४७ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

केन्याको वलिङमा राखेप पट्टेलले सर्वाधिक ३ विकेट लिए । एलिज ओटिन्हो सेम एन्गोचे र भिराज पट्टेलले समा दुई विकेट लिए ।

नेपाललाई केन्यासँगको श्रङ्खलाको उपाधि जित्न भोलि हुने अन्तिम खेलमा जित निकाल्नै पर्ने दवाव छ ।

पाँच खेलको शृङ्खलामा पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । भने दोस्रो खेलमा १८ रनको हार व्यहोरेको थियो । तेस्रो खेलमा ४ विकेटको जित निकालेको नेपाललाई आजको खेल जितेको खण्डमा एक खेल अगावै उपाधि उचाल्ने अवसर थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर