‘सम्हालिन्छ कहिले मन’ को कन्टेन्टमा टिकटक प्रतियोगिता, एक तोला सुन जित्ने मौका – Nepal Press

‘सम्हालिन्छ कहिले मन’ को कन्टेन्टमा टिकटक प्रतियोगिता, एक तोला सुन जित्ने मौका

काठमाडौं । तिजको अवसर पारेर फिल्म ‘सम्हालिन्छ कहिले मन’ टिमले टिकटक प्रतियोगिता गर्ने भएको छ ।

प्रतिस्पर्धीमध्ये सबैभन्दा धेरै भ्यूज ल्याउने टिकटकरलाई एक तोला सुन पुरस्कारको घोषणा गरिएको छ । सहभागी हुन चाहनेले तिजको व्रतको दिन मंगलबार बिहान ६ बजेदेखि ‘सम्हालिन्छ कहिले मन’ का ३ वटा गीत वा ट्रेलरका कुनै पनि कन्टेन्ट छानेर टिकटक बनाउन सक्‍नेछन् । आयोजकका अनुसार पुरस्कार जित्नका लागि उक्त टिकटकमा #skmfilm अनिवार्य लेखिएको हुनुपर्नेछ । महिला र पुरुषले संयुक्त वा छुट्टा-छुट्टै रूपमा टिकटक बनाउन सक्नेछन् ।

आइतबार राति १२ बजेसम्म उक्त भिडिओमा आएको भ्यूजको आधारमा विजेता घोषणा गरिने र २१ गते वितरण गरिने बताइएको छ ।

१७ भदौबाट प्रदर्शनमा आउने ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलरसँगै तीनवटा गीत ‘जरुरी कुरा कुरा छ’, ‘हराएँ हराएँ’ र शीर्ष गीत ‘सम्हालिन्छ कहिले मन’ सार्वजनिक भइसकेको छ ।

सुदर्शन थापाको निर्देशन र एबी इन्टरनेशनलको ब्यानरमा तयार भएको फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा, सोनाम तोप्देनलगायत कलाकारको अभिनय छ । ‘सम्हालिन्छ कहिले मन’ अलग प्रस्तुतिसहितको त्रिकोणात्मक प्रेमकथा हो । यसको ९० प्रतिशत सुटिङ बेलायतमा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *