नेपाली क्रिकेट टिमको टी-२० वरीयता खस्कियो – Nepal Press

नेपाली क्रिकेट टिमको टी-२० वरीयता खस्कियो

काठमाडौं । नेपाली क्रिकेट टिमको टी-२० अन्तर्राष्ट्रिय वरीयता एक स्थान खस्किएको छ ।

सोमबार विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको नयाँ टी २० वरीयतामा नेपालको स्थान १ स्थान खस्कँदै १५औं स्थानमा पुगेको छ ।

टी- २० वरीयता घटेसँगै नेपालले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टी- २० विश्वकप सीधै खेल्न पाउने सम्भावना पनि कठिन बनेको छ ।

वरीयतामा भारत शीर्षस्थानमा छ । इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो, न्युजिल्यान्ड पाँचौं र अष्ट्रेलिया छैटौं स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर