नेपालले केन्याबाट पायो १५७ रनको लक्ष्य – Nepal Press

नेपालले केन्याबाट पायो १५७ रनको लक्ष्य

काठमाडौं । नेपालसँगको टी २० शृंखलाअन्तर्गत तेस्रो खेलमा केन्याले १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदान टस जितेपछि ब्याटिङमा आएको घरेलु टिमले निर्धारित २० ओभरमा २ विकेट गुमाएर एक सय ५६ रनको योगफल तयार गर्यो ।

केन्याका राखेप पटेलले सर्वाधिक ७३ रन बनाए । उनले ४३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै, इर्फान करिमले ५५ रन बनाए । कोलिन्स ओबुयाले १४ रन बनाए भने, सुखदिप सिंह ८ रनमा पभेलियन फर्किएका थिए ।

नेपालका सोमपाल कामीले र आदिल अन्सारीले समान एक विकेट लिए ।

नेपालले केन्यामा पाँच ट्वान्टी २० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअनुसार भदौ ९ गते १४ गतेसम्म ट्वान्टी २० शृंखला र भदौ १७ गतेदेखि एकदिवसीय शृंखला खेल्ने तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर