यूएस ओपनको डबल्समा विलियम्स दिदी–बहिनीसँगै खेल्ने – Nepal Press

यूएस ओपनको डबल्समा विलियम्स दिदी–बहिनीसँगै खेल्ने

काठमाडौं । सेरेना विलियम्सले वर्षको अन्तिम ग्रान्डस्लाम यूएस ओपनमा डबल्सतर्फ आफ्नै बहिनी भेनस विलियम्ससँग खेल्ने भएकी छिन् ।

२३औं पटककी ग्रान्डस्लाम विजेता विलियम्सको टेनिस करियरमा यो अन्तिम प्रतियोगिता हो । उनले यसअघि यूएस ओपनपछि टेनिसबाट सन्यास लिने घोषणा गरिसकेकी छन् ।

विलियम्स दिदि बहिनीले तीन ओलम्पिक स्वर्ण पदकसहित १४ मुख्य उपाधिहरुसँगै जितेका छन् ।

सिंगल्सका साथै डबल्समा ४२वर्षीय बहिनीसँग खेल्नका लागि विलियम्सलाई वाइल्डकार्ड दिइएको थियो ।

उनीहरुले सन् २०१८ मा फ्रेन्च ओपन खेलेदेखि सँगै खेलेका छैनन् । जहाँ उनीहरु तेस्रो चरणमा पराजित भएका थिए ।

सेरेना र भेनसले सन्१९९९ मा फ्रेन्च ओपन डबल्सको च्याम्पियन बन्दै पहिलो पटक ग्रन्डस्लाम जितेका थिए ।

उनीहरुले सन् २०१६ मा विम्बलडन जित्दै १४औं उपाधि जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर