हाल्यान्डकाे ह्याट्रिकमा म्यानचेस्टर सिटीकाे जित – Nepal Press

हाल्यान्डकाे ह्याट्रिकमा म्यानचेस्टर सिटीकाे जित

काठमाडा‌ैं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई ४-२ गोल अन्तरले हराएको हो ।एर्लिङ हाल्यान्डले ह्याट्रिक मद्दतमा सिटीले क्रिस्टल प्यालेसविरुद्ध पुनरागमन ४–२ को जित हो ।

जोन स्टोनेसले खेलको चौथो मिनेटमा आत्माघाति र जोआचिम एन्डरसनले २१औं मिनेटमा गोल गरेपछि प्यासेस पहिलो हाफमा २–० अघि रह्यो ।

बर्नान्डो सिल्भाले ५३औं मिनेटमा गोल गर्दै अग्रता २–१ मा झारे । ६२औं मिनेट हाल्यान्डले गोल गर्दा खेल २–२ को अवस्थामा पुग्यो । यसपछि हाल्यान्डले ७०औं र ८१औं मिनेटमा ह्याट्रिक पूरा गर्दै सिटीको जित सुनिश्चित गरे ।

जितपछि सिटी ४ खेलबाट १० अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । पराजित क्रिस्टल प्यालेस ४ खेलबाट ४ अंक जोड्दै १३औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर