कमेडियन अपूर्व क्षितिजविरुद्ध सुमन सायमीको टिमले जाहेरी दिँदै – Nepal Press

कमेडियन अपूर्व क्षितिजविरुद्ध सुमन सायमीको टिमले जाहेरी दिँदै

सुमन भन्छन्- यो भाई कतैबाट परिचालित देखिन्छ कारबाही हुनुपर्छ

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध नेवा अभियन्ताहरुले जाहेरी दिने भएका छन् । नेवा समुदायको आस्थामाथि चोट पुर्‍याएको ठहर गर्दै नेवा अभियान्ता सुमन सायमीसहितको टिमले उनीविरुद्ध जाहेरी दिने भएका हुन् ।

अभियान्ता सायमीले नेपाल प्रेसलाई जानकारी गराएअनुसार शनिबार नै उनीहरु क्षितिजविरुद्ध जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको भए पनि सार्वजनिक बिदाको दिन भएको कारण जाहेरी दर्ता नगरिएको तर आफूहरु क्षितिजले सजाय पाउनु पर्छ भन्नेमा दृढ रहेको बताए ।

‘नेवा समुदाय आस्था, बोलीचाली, रहनसहनमाथि गहिरो आघात पुर्याएको छ त्यसको सजाय उसले पाउनु पर्छ,’ उनले थपे ‘धार्मिक सहिष्णुतामाथि नै गम्भीर आघात पुग्ने किसिमको उसको प्रस्तुती छ त्यो हेर्दा यो भाई कतैबाट परिचालित देखिन्छ ।’ क्षितिजको हालै मात्र ‘कमेडी क्याफे’ नामक युटुब च्यानलमार्फत ‘नेवारको परम्परा’ शीर्षकमा ‘स्ट्यान्डअप’ कमेडी भिडिओ सार्वजनिक भएको थियो ।

भिडिओ विवादमा तानिएपछि हाल उक्त भिडिओ युट्युबबाट हटाइएको छ भने क्षितिजले उक्त भिडिओ नितान्त मनोरन्जनको लागि बनाइएको र यसले कुनै समुदायको आस्थामा चोट पुर्याएको भए आफू क्षमाप्राथी रहेको बताएका छन् । क्षितिजले सामाजिक संजाल फेसबुकमार्फत यस्तो धारणा व्यक्त गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *