‘बाबरी’ निर्मात्री पुष्पलता बुढाथोकीले गरिन् नयाँ सिनेमा निर्माणको घोषणा – Nepal Press

‘बाबरी’ निर्मात्री पुष्पलता बुढाथोकीले गरिन् नयाँ सिनेमा निर्माणको घोषणा

काठमाडौं । ‘बाबरी’ निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ सिनेमा निर्माण घोषणा गरेकी छन् । आफु निर्मित पहिलो सिनेमा रिलिज नहुँदै बुढाथोकीले नयाँ अनटाइटल प्रोजेक्टको घोषणा गरेकी हुन् ।

सिनेमामा मुख्य कलाकारको रुपमा ‘बाबरी’का धिरज मगर र अदिति बुढाथोकी फाइनल भएका छन् । ‘बाबरी’आउँदो असोज १४ देखि सार्वजनिक प्रदर्शनमा आउदैछ ।

पुष्पलताका अनुसार अहिले स्क्रिप्ट लेखनको काम भैरहेको छ । यस अनटाइटल प्रोजेक्टको लागि निर्देशकपनि तय भएका छैनन् । हाललाई निर्देशकको नाम गोप्य राखिएको निर्मात्री बुढाथोकीले बताइन ।

आगामी फागुनदेखि फ्लोरमा जाने सिनेमाको क्रु बिस्तारै सार्वजनिक गर्दै जाने उनले बताइन ।

पुष्पलता निर्मित ुबाबरीु यतिबेला चर्चामा छ । सिनेमामा समावेश ‘बाबरी रंग’ र [चुलबुल चुलबुल’ गीत चार्टबस्टरमा हिट भैसकेका छन् । ११ लाख भ्युज पाइसकेको ट्रेलरमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

सुरेन्द्र पौडेल निर्देशित सिनेमामा धिरज र अदितिसंगै धिरज नाडकरको मुख्य भूमिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *