छड्के २ को फस्टलुक, अनमाेल लेख्छन्- पागलपन भर्खरै सुरु भयो – Nepal Press

छड्के २ को फस्टलुक, अनमाेल लेख्छन्- पागलपन भर्खरै सुरु भयो

काठमाडौं ।अभिनेता अनमोल केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अभिनय रहेको फिल्म ‘छड्के २’ को फस्टलुक सार्वजनिक गरेका छन् ।

फस्टलुकमा अनमोलले हातमा रगतसहितको हतियार बोकेका छन् । उनी आक्रामक लुक्समा छन् । लामो कपालमा रहेका अनमोलको शरीरका विभिन्न स्थानमा ट्याटु पनि देख्न सकिन्छ । अनमाेलले  फस्टलुक सार्वजनिक गर्दै पागलपन भरखरै शुरु भएकाे  लेखेका छन्

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने फिल्म अनमोलसँगै रविन तामाङ र कमलमणि नेपालको पनि अभिनय छ । काभ्रे फिल्म्सको व्यानरमा निर्माण भइरहेको फिल्मसँग मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गरेका छन् ।

फिल्मको निर्मातामा प्रशान्त गिरी र लक्ष्मण काफ्ले रहेका छन् । फिल्मको हाल चितवन र मुस्ताङमा छायांकन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *