हिजो हामीलाई झम्टेको चितुवाले आज प्रकाश र राधालाई पनि झम्टियो, आपसमा नलडौं : झरना थापा – Nepal Press

हिजो हामीलाई झम्टेको चितुवाले आज प्रकाश र राधालाई पनि झम्टियो, आपसमा नलडौं : झरना थापा

काठमाडौं । निर्देशक तथा अभिनेत्री झरना थापाले नेपाली फिल्ममाथिको आक्रमणको प्रतिकारमा सबै एकजुट हुनुपर्ने बताएकी छन् । उनले नेपाली फिल्म एक अर्कामा लड्ने गरेकाले विदेशी फिल्मले आक्रमण गरेको बताइन् ।

बिदेशी फिल्मले गर्दा प्रकाश र राधाले पर्याप्त सो नपाएपछि उनले यस्तो बताएकी हुन् ।

उनले सामाजिक संजाल फेसबुकमा नेपाली फिल्मले एक(अर्काको अस्तित्व स्वीकार नगर्ने, अरुको पीडामा कहिल्यै नबोल्ने, आफुलाई पर्दा मात्रै हारगुहार गर्ने स्वार्थीपनाको कारण यस्तो अवस्था आएको भन्दै दुख व्यक्त गरेकी छन् । अभिनेत्री थापाले आजकै दिनबाट निर्मुल गरेर नेपाली फिल्ममाथिको आक्रमणको प्रतिकारमा हामी सबै एक हुनुपर्ने सुझाएकी छन् ।

उनले लेखेकी छन्,‘हिजो हामी (ए मेरो हजुर(४) लाई झम्टेको चितुवा (बिदेशी फिल्म) ले आज ‘प्रकाश’ र ‘राधा’ लाई पनि बांकी राखेन । त्यतिबेला हामीले त्यो चितुवा’ को एक्लै प्रतिकार गर्नु परेको थियो । आखिर यस्तो एकल लडाइँ कहिलेसम्म रु जसलाई पर्छ, ऊ मात्रै एक्लै बोल्नु पर्दाको आघात हामीले रामैसँग भोगेका छौ । त्यसमाथि हामी एक अर्का मै लड्ने गरेका छौं । ‘लालसिंह चड्डा’ लाई एक्लै छोडिदियौं । अर्को हप्ता भने तीन(तीन वटा नेपाली फिल्म आपसमा भिड्यौं । एक(अर्काको अस्तित्व स्वीकार नगर्ने, अरुको पीडामा कहिल्यै नबोल्ने, आफुलाई पर्दा मात्रै हारगुहार गर्ने हाम्रो स्वार्थीपना आजकै दिनबाट निर्मुल गरेर नेपाली फिल्ममाथिको आक्रमणको प्रतिकारमा हामी सबै एक हुनुपर्छ । हिजो हामीलाई चिथोरेको चितुवाले आज गर्दन नै समातेको छ । यस्तै भैरहे,भोलि पूरै इन्ड्रस्टी नै निल्ने छ । चेतना भया
जय नेपालरजय नेपाली चलचित्र’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *