टी–२० अन्तर्गत दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित – Nepal Press

टी–२० अन्तर्गत दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित

काठमाडौं । टि–२० श्रृङखलाको दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको छ ।

नैरविस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला फिल्डिङ रोजेको नेपालले २० ओभरमा १३४ रनको विजयी लक्ष्य पाएको थियो । नेपाल १९ ओभरमा ११४ रन बनाएर अलआउट भयो ।

नेपालका लागि आरिफ शेख १५ रन, राहित पौडेल र आदिल अन्सरिले समान २० रन, पवन सर्राफ १९ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

केन्याको वलिङमा इमान्युएल बुन्डी, लुकास ओलुओचर भिराज पट्टेलले समान दुई विकेट लिए । भने, यूगिनि ओचिएङ र निहेमिया ओदिआम्बोले समान एक विकेट लिए ।

पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । पाँच खेलको श्रृङखलामा नेपाल र केन्याबीचको तेस्रो खेल आईतबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर