राष्ट्रिय खेलकुदमा स्वर्ण विजेता खेलाडीलाई मासिक ६ हजार भत्ता दिने वागमती प्रदेशको घोषणा (भिडिओ) – Nepal Press

राष्ट्रिय खेलकुदमा स्वर्ण विजेता खेलाडीलाई मासिक ६ हजार भत्ता दिने वागमती प्रदेशको घोषणा (भिडिओ)

काठमाडौं । राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने खेलाडीलाई मासिक ६ हजार प्राप्त गर्ने भएका छन् । सरकारको प्राथामिकतामा परेका ९ खेल फुटबल, क्रिकेट, भलिबल, तेक्वान्दो, बक्सिङ, कराते, ब्याटमिन्टन, पौडी र एथलेटिक्सका खेलाडीले मासिक ६ हजार प्राप्त गर्ने शुक्रबार वाग्मती प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा जानकारी दिएको हो ।

नवौं राष्ट्रिय खेलकुद नजिकिएका बेला वागमती प्रदेशले ३६ वटै खेलमा सहभागिता जनाउने भएको छ ।

यस्तै, नवौंमा सहभागी हुने वागमती प्रदेशका खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने भएको छ ।

वागमती प्रदेशको खेलाडी छनोट २० गतेसम्म सकेर २५ गतेसम्म खेलाडीको विवरण पठाउने वाग्मती सरकारले विज्ञप्तिमा उल्लेख गरेको छ ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुनेछ । नवौंमा ३६ खेलमा प्रतिस्पर्धा हुनेछ । बागमतीले सबै खेलमा सहभागिता जनाउनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर