बेन्जेमालाई वर्षको सर्वोउत्कृष्ट खेलाडी र एन्सेलोट्टीलाई उत्कृष्ट प्रशिक्षक अवार्ड – Nepal Press

बेन्जेमालाई वर्षको सर्वोउत्कृष्ट खेलाडी र एन्सेलोट्टीलाई उत्कृष्ट प्रशिक्षक अवार्ड

काठमाडौं । स्पेनिस महारथि रियाल मड्रिडका स्ट्राइकर कारिम बेन्जेमा यूईएफए सर्वोत्कृष्ट वर्ष खेलाडी अवार्ड प्राप्त गरेका छन् ।

गत सिजन च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेका बेन्जेमा यस वर्ष बालोन‘डि ओर को पनि दाबेदार रहेका छन् । उनले च्याम्पियन्स लिग सजन २०२१/२२ मा सर्वाधिक १५ गोल गरेका थिए ।

रियाल मड्रिडकै मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टी वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड प्राप्त गरेका छन् । उन्ले यूइएफए उत्कृष्ट प्रशिक्षक अवार्ड पाएको यो चौथो पटक हो ।

एन्सेलोट्टिले युरोपका शिर्ष पाँच लिगका विभिन्न पाँच टिमबाटै च्याम्पियन्स लिग जितेका छन् । उनकै प्रशिक्षणमा रियाल मड्रिडले गत सिजन सर्वाधिक १४औं पिटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर