केन्यामाथि नेपाल ५ विकेटले विजयी – Nepal Press

केन्यामाथि नेपाल ५ विकेटले विजयी

काठमाडौं । टि–२० श्रृङखलाको पहिलो खेलमा नेपालले घरेलु टिम केन्यालाई ५ विकेटले पराजित गरेको छ ।

जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिला बलिङ गरेको नेपालले १३१ रनको विजयी लक्ष्य पाएको थियो । केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रनको योगदान गरे । उनले २४ बलमा १ चौका र दुई छक्का प्रहार गरे ।

यस्तै आरिफ शेख २४ रन, ज्ञानेन्द्र मल्ले २३ रन, आसिफ शेखले १९ रनको योगदान गरे । केन्याको बलिङमा लुकास लुवोच र भिराज पटेलले समान दुई विकेट लिए भने निहेमिया ओधिआम्बोले एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रन बनाए । यस्तै, लुकास ओलुओचले ३०, नेल्सन ओधिएम्बोले १९, सचिन भुडियाले १७ र कोलिन्स ओबुयाले १२ रन बनाए ।

नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले दुई विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र आदिल अन्सारीले समान एक विकेट लिए ।

नेपालले केन्यामा पाँच ट्वान्टी २० अन्तर्राष्ट्रिय र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअनुसार भदौ ९ गते १४ गतेसम्म ट्वान्टी २० शृंखला र भदौ १७ गतेदेखि एकदिवसीय शृंखला खेल्ने तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर