केन्याले नेपाललाई दियो १३१ रनको लक्ष्य – Nepal Press
टी-२० क्रिकेट

केन्याले नेपाललाई दियो १३१ रनको लक्ष्य

काठमाडौं । केन्याविरुद्धको टी-२० क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले १३१ रनको लक्ष्य पाएको छ ।

पहिला ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन जोडेको हो ।

केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदान टस हारेपछि ब्याटिङमा आएको घरेलु टिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय २९ रनको योगफल तयार गर्‍यो ।

केन्याका इर्फान करिमले सर्वाधिक ३४ रन बनाए । यस्तै, लुकास ओलुओचले ३०, नेल्सन ओधिएम्बोले १९, सचिन भुडियाले १७ र कोलिन्स ओबुयाले १२ रन बनाए ।

नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले २ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र आदिल अन्सारीले समान १ विकेट लिए ।

नेपालले केन्यामा पाँच ट्वान्टी २० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअनुसार भदौ ९ गते १४ गतेसम्म ट्वान्टी २० शृंखला र भदौ १७ गतेदेखि एकदिवसीय शृंखला खेल्ने तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर