नवौं राष्ट्रिय खेलकुद : १० करोड निकासा, अहिलेसम्म के-के भयो ? (भिडिओ) – Nepal Press

नवौं राष्ट्रिय खेलकुद : १० करोड निकासा, अहिलेसम्म के-के भयो ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारेको छ ।

प्रतियोगीता सुरु हुन ५० दिनमात्र बाँकी रहँदा राखेपले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभिन्न तयारीहरु तीव्र रुपमा अघि बढेको जनाएको हो । प्रतियोगीताका लागि ३६ वटा खेलका खेलाडी कोटा र खेल इभेन्ट्स स्वीकृत गरिएको छ भने स्वर्ण ३९३, रजतः ३९३ र कास्य ६०० रहने राखेपले जनाएको छ ।

त्यस्तै, प्रतियोगिताका लागि ६० करोडको बजेट सुनिश्चित भएको र पहिलो किस्ता वापत १० करोड निकासा भइसकेको राखेप सदस्य सचिव टंकलाल घिसिङले बताए । उनले उपसमितिहरुको कार्यविधि तथा कार्यतालिका बनाई काम प्रारम्भ गरिएको जानकारी दिए ।

खेल सामाग्री लगायत खरिदका लागि लागत अनुमान कमिटि गठन भई कार्य सूरु भएको, प्रचार प्रसारको काम सुरु भएको उनले बताए । खेल सामाग्री, खेल पोशाक, किड्स ब्याग खरिदका लागि अनलाईन टेण्डर सूचना गरिसकिएको, राष्ट्रिय ट्रफी विजेता टफी र मेडलको नमूना संकलन कार्य भई खरिद प्रक्रिया अगाडि बढिसकेको र उद्घाटन तथा समापन समारोहका लागि उपसमितिबाट खरिद प्रकृया सुरु भएको घिसिङले बताए ।

खेलाडी तथा अफिसियलको बसोबासका लागि पोखरामा होटलका संख्या यकिन गरी व्यवस्थापनको काम भइरहेको, प्रतियोगिता अवधिमा आवश्यक पर्ने सवारी साधनको संख्या यकिन, दररेट निर्धारण गरि बोलपत्र आव्हान भएको राखेपले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर