भलिबल संघको महासचिवमा मनवीर छन्त्यालको उम्मेदवारी घोषणा – Nepal Press

भलिबल संघको महासचिवमा मनवीर छन्त्यालको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले भदौ २२ गते हुने संघको निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । छन्त्यालले बिहिबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले आफु महासचिव पदमा निर्वाचित भए राष्ट्रिय भलिबल टिमको राम्रो व्यवस्थापन गर्ने, विच भलिबललाई विस्तार गर्ने, फ्रेन्चाइज प्रतियोगिता आयोजना गर्ने, क्षेत्रीय फ्रेन्चाइज लिग आयोजना गर्ने, भलिबल फेस्टिभल आयोजना गर्ने र सात वर्ष राष्ट्रिय टिमको कप्तानी गर्ने खेलाडीलाई कार र सन्यास लिने खेलाडीलाई मोटरसाइकल दिने योजना रहेको बताए ।

छन्त्यालको मुख्य उद्देश्य एक पद एक ग्राउण्ड,एक रेफी एक प्रतियोगिता, एक कोच, एक टीम रहेको उन्ले बताए ।
लामो समयदेखि यसै क्षत्रमा लागेका कारण भलिबल खेललाई कसरी विकास गर्न सकिन्छ भन्ने बारेमा एथेस्ट अनुभब रहेको उनले प्रष्ट पारे ।

भलिबल संघमा काम गरिरहँदा टिकट प्रणाली, व्याबसायीक लिग प्रणाली र भलिबल नगद पुरस्कारको ब्यबस्था मैले आफुलेनै सुरूवात गरेको दाबी गरे।

अझै महासचिवको पदमा रहेर भलिबलमा अझ धेरै योगदान गर्ने अटुट इच्छा रहेकोले उम्मेदवारी घोषणा गरेको उनले बताए ।
आसन्न निर्वाचनका लागि यसअघि निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर