तेस्रो माउन्ट एभरेष्ट इन्टरनेशन ओपन तेक्वान्दो च्याम्पियनसीप असोज ६-९ मा हुने – Nepal Press

तेस्रो माउन्ट एभरेष्ट इन्टरनेशन ओपन तेक्वान्दो च्याम्पियनसीप असोज ६-९ मा हुने

काठमाडौं । तेस्रो संस्करणको माउन्ट एभरेष्ट इन्टरनेश्नल ओपन तेक्वान्दो च्याम्पियनसीप असोजको पहिलो साता आयोजना हुने भएको छ ।

नेपाल तेक्वान्दो संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिता असोज ६ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने बताइएको छ । संघका अध्यक्ष प्रकाश शम्शेर राणाले तेस्रो संस्करणको प्रतियोगितामा यस वर्षदेखि माउन्ट एभरेष्ट जीसीएस इन्टरनेशनल ओपन तेक्वान्दो पुम्से च्याम्पियनसीपसमेत समावेश गरिएको बताए । संघका अनुसार यस प्रतियोगितालाई विश्व तेक्वान्दो महासंघले स्विकृति प्रदान गरेको छ ।

प्रतियोगितामा विश्वभरका खेलाडी, निर्णायक, प्राविधिक तथा प्रशिक्षक, सहभागी खेलाडीका परिवारका सदस्य, विश्व तेक्वान्दो महासंघका अध्यक्षसहित पदाधिकारीहरु गरेर दुई हजार जनाको उपस्थिती रहने संघका सचिव जगन बहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा आयोजक, स्वयंसेवक र प्राविधिक रुपमा करिब ३ सय जना सहभागी हुने संघले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ५५ लाख खर्च हुने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर