जब म्यान युनाइटेड कप्तान मिग्वेर र स्ट्राइकर रोनाल्डोबिना नै मैदान उत्रियो… – Nepal Press

जब म्यान युनाइटेड कप्तान मिग्वेर र स्ट्राइकर रोनाल्डोबिना नै मैदान उत्रियो…

लन्डन । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलको यो सिजन पहिलो जित हात पारेको छ । सोमबार राती भएको खेलमा म्यान युनाइटेडलाई बलियो प्रतिद्वन्द्वी लिभरपुललाई २-१ गोलले हरायो ।

सुरुका दुई खेलमा अनपेक्षित पराजयपछि म्यान युनाइटेडले यो जित हात पारेको हो । ब्रिघटन र ब्रेन्टफोर्डजस्ता तुलनात्मक रूपमा कमजोर टोलीले पराजित गरेपछि म्यान युनाइटेडका नवनियुक्त प्रशिक्षक एरिक टेन हाग दबाबमा परेका थिए ।

तर घरेलु मैदानमा सोमबार राती भएको खेलमा म्यान युनाइटेडले राम्रो प्रदर्शन गर्‍यो । २२ वर्षीय जेडन साँचो र २४ वर्षीय मार्कस रासफोर्डले गोल गरे । यस पटक म्यान युनाइटेडका प्रशिक्षक हागले युवा खेलाडीलाई प्राथमिकता दिएर अनुभवी खेलाडीलाई बेन्चमा राखेका थिए ।

कप्तान ह्यारि मिग्वेर र स्ट्रार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सुरुवाती-११ टोलीमा अटाएनन् । रासफोर्ड, साँचो र एलांगालाई विश्वास गर्दै प्रशिक्षक हागले टोली उतारेका थिए । नभन्दै विश्वास गरेका खेलाडीहरूले गोल गरे। १६ र ५३ औँ मिनेटमा म्यान युनाइटेडले गोल गरेको थियो । पहिलो गोल साँचोले एलंगाकै पासमा गरेका थिए ।

८६ औँ मिनेटमा रोनाल्डो मैदान उत्रिएका थिए । उनले रासफोर्डको स्थान लिएका थिए । तर गोल गर्न सकेनन् । मिग्वेरले भने खेल्ने मौका पाएनन् । रोनाल्डो गत सिजन प्रिमियर लिगमा म्यान युनाइटेडका सर्वाधिक गोलकर्ता हुन् । यो सिजन भने गोल गर्न सकेका छैनन् । म्यान युनाइटेड छाड्ने इच्छा व्यक्त गरिरहेका रोनाल्डोलाई भित्र्याउन कुनै क्लब अगाडि आएका छैनन् ।

सोमबार राती खेलअघि प्रशिक्षक हागले टोलीलाई ऊर्जा चाहिएको भन्दै रासफोर्ड, साँचो र एलांगालाई मौका दिएको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर