नेपाल खेलकुद महासंघ निर्वाचनमा केन्द्रित हुने, फागुन ७ देखि ९ सम्म दोश्रो राष्ट्रिय महाधिवेशन – Nepal Press

नेपाल खेलकुद महासंघ निर्वाचनमा केन्द्रित हुने, फागुन ७ देखि ९ सम्म दोश्रो राष्ट्रिय महाधिवेशन

काठमाडौं । नेपाल खेलकुद महासंघ निर्वाचन केन्द्रित गतिविधीमा सक्रिय हुने भएको छ।

सोमबार महासंघको केन्द्रीय कार्यालय बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमका निर्णयहरु सार्वजनिक गरिएको छ।

साउन २९ गते सम्पन्न भएको नेपाल खेलकुद महासंघको प्रथम विस्तारित बैठकले महासंघको दोश्रो रास्ट्रिय महाधिवेशन यहि फागुन ७,८ र ९ गते प्रदेश नं १ को विराटनगरमा हुने निर्णय गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख तथा प्रवक्ता तिर्थ बहादुर खड्काले जानकारी दिए ।

नेपाल खेलकुद महासंघको ४५ सदस्यीय स्थायी कमिटी ,९९ सदस्यीय सचिवालय र २१६ सदस्यीय केन्द्रीय कमिटी रहने निर्णय गरेको सो बैठकले अधिवेसन हुन् बाँकी रहेका जिल्लाहरुले भाद्र मसान्त भित्र अधिवेसन सम्पन्न गर्न निर्देशन दिएको प्रवक्ता खड्काले बताए ।

महासंघको सो बैठकले सम्पूर्ण कमिटीहरुलाई निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय हुन् निर्देशन दिदै पार्टीको चुनावी घोषणा पत्रमा खेल नीति र कार्यक्रमका लागि सुझाव दिन ओमकृष्ण प्रसाईको संयोजकत्वमा चेतनराज गिरी,तिरण गौतम ,नन्दा बस्याल र शान्तामाया परियार सदस्य रहेको पाँच सदस्यीय सुझाव कमिटी समेत गठन गरेको छ।

महासंघका केन्द्रीय अध्यक्ष कृष्ण बस्नेत (परशुराम) ले राजनीतिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गरेको उक्त बैठकले सात प्रदेश कमिटी र खेल संघहरुलाई वार्षिक एउटा प्रतियोगिता र गतिविधि संचालनको तयारी गर्ने निर्देशन समेत दिएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर