‘प्रेम गीत ३’ को हिन्दी गीति एल्बम सार्वजनिक- पलक, जुविनदेखि राहतसम्मको स्वर – Nepal Press

‘प्रेम गीत ३’ को हिन्दी गीति एल्बम सार्वजनिक- पलक, जुविनदेखि राहतसम्मको स्वर

काठमाडौं । प्रेम गीत ३ को हिन्दी भर्सनमा गीतहरूको एल्बम रिलिज भएको छ । सन्तोष सेनको निर्माण रहेको चलचित्र प्रेम गीत ३ का हिन्दी गीतहरू ‘जी म्युजिक कम्पनी’ सार्वजनिक गरेको हो । जसमा चार वटा गीतहरू समावेश भएका छन् ।

जुविन नौटियालको स्वरमा रहेको ‘कोइ ना कोइ नाता हे’ रहेको छ । जसमा पवन दीप राजनको संगीत र सुवास कालेको शब्द रचना छ ।

यस्तै ‘जहाँ भी जाओ आइ सनम बस तु हि तु’ बोलमा राहत फतेह अलि खानको स्वर छ । यो गीतमा हरि शंकर सुफीको शब्द रचना र देवराजको संगीत छ ।

यसै गरी ‘तुम प्यार हो’मा पलक मुछाल र अंकित तिवारीले स्वर दिएका छन् । कुमारको शब्द रचना रहेको गीतमा असलम केईको संगीत छ । चौथो गीत ‘मुझ मे बस जाना’मा कल्याण सिंहको संगीत, ए.एम. तुराजको शब्द रचना र पलक मुछाल/देव नेगीको स्वर छ ।

असोज ७ देखि विश्वव्यापी रिलिज हुन् लागेको फिल्म प्रेम गीत ३ पिरियड प्रेमकथामा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी लगायतका कलाकारहरूको अभिनय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *