सेयर बजारको ओरालो यात्रा कायमै, आज एक कम्पनीमा सकारात्मक सर्किट
नेपाल प्रेस
२०७९ भदौ ६ गते १५:१३
काठमाडौं । सोमबार पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । आजको दिन नेप्से परिसूचक ७.३८ अंकले घटेर २०५३.१६ विन्दुमा अडिएको छ । कारोबार रकममा समेत ह्रास आएको छ ।
यस दिन १ अर्ब ७२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । म्युचुअल फण्ड बाहेक कारोबारमा आएका सबै समूह ओरालो लागेको छ । नेप्से परिसुचक र कारोबार रकम दुवै खुम्चदा पनि अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने उचालिएको छ ।
यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले मूल्य बढेको यसको सेयर मूल्य २ सय ७३ रुपैयाँ ९० पैसा कायम भएको छ ।
प्रतिक्रिया
One thought on “सेयर बजारको ओरालो यात्रा कायमै, आज एक कम्पनीमा सकारात्मक सर्किट”
Leave a Reply
सम्बन्धित खवर
माओवादी र कांग्रेसको सरकार रहेसम्म शेयर बजार माथि जाने अवस्था देखिएन त ।