प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य – Nepal Press

प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले घटेर ९६ हजार छ सय तोकिएको छ । सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार एक सयमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार छ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले घटेर एक हजार दुई सय २५ तोकिएकोे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *