सीएनआइ रोजगार तथा सीप मेला कात्तिकमा – Nepal Press

सीएनआइ रोजगार तथा सीप मेला कात्तिकमा

काठमाडौं । नेपाल उद्योग परिसंघले रोजगार तथा सीप मेला आयोजना गर्ने भएको छ । मेला कात्तिक १७ गतेदेखि २० गतेसम्म काठमाडौको भृकुटी मण्डपमा आयोजना हुनेछ ।

तीन दिने मेलामा २ सय भन्दा बढी कम्पनीहरु सहभागी हुने अनुमान गरिएको छ । कर्पोरेट हाउस, नवप्रवर्तन, शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमुलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरुसमेत गरी ५० हजार भन्दा बढी व्यक्तिहरुले मेलाको अवलोकन गर्ने आयोजकको अनुमान छ ।

मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता, सीप विकास सम्बन्धी विभिन्न विषयमा छलफल र सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रस्तुती हुनेछ । मुलुकमा हरेक वर्ष न्यूनतम ५ लाख व्यक्तिहरु रोजगारीको खोजीमा हुने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *