सानिमा बैंकमा शैक्षिक छात्रबृत्तिका लागि आवेदन खुल्यो – Nepal Press

सानिमा बैंकमा शैक्षिक छात्रबृत्तिका लागि आवेदन खुल्यो

काठमाडौं । सानिमा बैंकले प्रदान गर्दै आएको शैक्षिक छात्रबृत्तिका लागि आवेदन खुला भएको छ ।

बैंकले काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई उनीहरुकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

उक्त छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति प्रतिमहिना २ हजार गरी प्रत्येक विद्यार्थीलाई ५० हजारसम्मको छात्रवृत्ति प्रदान गरिदै आएको छ । छात्रवृत्ति आवेदन २०७९ भदौ ३१ गतेसम्म दिन सकिने बैंकले जनाएको छ । छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी बैंकको वेवसाइटमा राखिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । हाल सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए।टि।एम। संचालनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *