नेप्से १० अंकले बढ्यो, २ अर्ब ६७ करोडकाे कारोबार – Nepal Press

नेप्से १० अंकले बढ्यो, २ अर्ब ६७ करोडकाे कारोबार

काठमाडौं । आज सेयर बजार १०.२७ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ०.४९ प्रतिशतले बढेर २१२३.८२ विन्दुमा पुगेको हो ।

आजको दिनमा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । २ सय १९ वटा कम्पनीको ६१ लाख ६ हजार ५ सय २१ कित्ता सेयर खरिदबिक्री भएको हो ।

आज सबैभन्दा धेरै सेयर कारोबार शिवम् सिमेन्ट कम्पनीको भएको छ । सो कम्पनीको १३ करोड ८९ लाख ८२ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । भने, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । सो कम्पनीको आज १० प्रतिशत सेयर मूल्य वृद्धि भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *