सेसर एज्पिलिक्वेटाले गरे चेल्सीसँग थप दुई वर्षको सम्झौता
नेपाल प्रेस
२०७९ साउन २० गते ८:५०
काठमाडौं । स्पेनीस खेलाडी सेसर एज्पिलिक्वेटाले इंग्लिस क्लब चेल्सीसँग थप दुई वर्षको सम्झौता नविकरण गरेका छन् ।
चेल्सीका कप्तान समेत रहेका एज्पिलिक्वेटाले सन् २०२४ सम्म क्लब रहने निर्णय गरेका हुन् ।
राइट ब्याक एज्पिलिक्वेटा सन् २०१२ मा फ्रान्सेली क्लब मार्सलीबाट चेल्सीमा आएयता ४७६ खेलमा १७ गोल गरेका छन् ।
यस अघि उनी स्पेनिस महारथी बार्सिलोना जाने हल्ला चलेको थियो ।
चेल्सी रहँदा उनले प्रिमियर लिग, एफए कप, लिग कप, च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लब विश्वकप उपाधी जितेका छन् ।
प्रतिक्रिया