नेपालमा ७० प्रतिशत शेयर कारोबार उधारोमा हुने गरेको छ : सन्तोष मैनाली – Nepal Press

नेपालमा ७० प्रतिशत शेयर कारोबार उधारोमा हुने गरेको छ : सन्तोष मैनाली

काठमाडौं । स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष सन्तोष मैनालीले नेपालमा ७० प्रतिशत शेयर कारोबार उधारोमा हुने गरेको बताएका छन् ।

आज पूँजी बजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा मैनालीले यस्तो बताएका हुन् ।

उनले भने, ‘विश्वमा कुनै देशमा पनि उधरोमा शेयर कारोबार हुने गरेको छैन । तर नेपालमा भने कारोबारको ७० प्रतिशत उधारोमा कारोबार हुने गरेको छ ।’

बैंकहरुले धेरै विकास गरेको र ब्रोकरको लाइसेन्स दिन धितोपत्र बोर्डले रोकिरहेको बताए ।

पूँजी बजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *