पेट्रोलियम पदार्थमा मासिक १ अर्ब २७ करोड घाटा, मूल्य घटाउन सकिँदैन : आयल निगम – Nepal Press

पेट्रोलियम पदार्थमा मासिक १ अर्ब २७ करोड घाटा, मूल्य घटाउन सकिँदैन : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले नेपालमा पेट्रोलियम पदार्थकाे मूल्य घटाउन नसकिने जनाएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि निगमलाई नेपालमा पनि मूल्य घटाउन दबाब बढेसँगै वुधबार सूचना जारी गर्दै मूल्य घटाउन नसकिने जनाएको हो ।

निगमले वुधबार एक सूचना जारी गर्दै नेपाललाई पेट्रोलियम पदार्थमा हाल मासिक १ अर्ब २७ करोड घाटा रहेको जनाउँदै मूल्य घटाउन सक्ने स्थिति नरहेको बताएको हो ।

निगमले बाध्यात्मक रुपमा मूल्य यथावत राख्नुपर्ने अवस्था रहेको जनाएको छ ।

निगमको विज्ञप्तिः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *