मुद्दती निक्षेपमा संस्थाभन्दा व्यक्तिलाई बढी ब्याज – Nepal Press

मुद्दती निक्षेपमा संस्थाभन्दा व्यक्तिलाई बढी ब्याज

काठमाडौं । संस्थागत मुद्दती निक्षेपमा अब व्यक्तिगत भन्दा २ प्रतिशत कम ब्याजदर पाइने भएको छ ।

राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने निर्देशन जारी गरेको छ ।

बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको कार्यान्वयनको लागि निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । गत वर्ष यस्तो ब्याजदर १ प्रतिशत विन्दुले कम हुनुपर्ने व्यवस्था थियो । अहिले वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *