कप्तान सन्दीप बिग बास लिगको ‘ड्राफ्ट’मा – Nepal Press

कप्तान सन्दीप बिग बास लिगको ‘ड्राफ्ट’मा

काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने बिग बास लिग९बीबीएल० को १२औं संस्करणको ड्राफ्टमा परेका छन् ।

बुधबार बीबीएलले सामाजिक संजालमार्फत सन्दीप ड्राफ्टमा रहेको जनाएको छ । सन्दीपले यस अघि चार संस्करणको बीबीएल खेलिसकेका छन् ।

पहिलो दुई संस्करण मेलवर्न स्टारबाट खेलेका उनले पछिल्ला दुई संस्करण भने होर्बाट हुरिकेन्सबाट खेलेका थिए ।

हुरिकेन्स बाट खेलेका सन्दीप रिटेनको लागि पनि उपलब्ध रहेका छन् । बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट आगामी भदौ १४ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर