बजेट कृषि केन्द्रित छ, अब हामी उत्पादनसँग जोडिनुपर्छ : अर्थमन्त्री शर्मा (भिडि‌ओ) – Nepal Press

बजेट कृषि केन्द्रित छ, अब हामी उत्पादनसँग जोडिनुपर्छ : अर्थमन्त्री शर्मा (भिडि‌ओ)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सबैलाई उत्पादनको क्षेत्र लाग्न आग्रह गरेका छन् । भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट कृषिमा केन्द्रित भएको उल्लेख गर्दै यस्तो आग्रह गरेका हुन् ।

उनले भने, ‘हामीसँग सबै कुरा छ । अब हामी उत्पादनसँग जोडिनु पर्छ । अहिलेको बजेट कृषिमा केन्द्रित छ । कृषि क्षेत्रको उत्पादनमा सबैलाई सहभागी गरौँ । काठमाडौंको लागि चाहिने तरकारी काठमाडौं आसपासको जिल्लाले उत्पादन गरौँ । औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नु पर्ने आवश्यकता रहेको छ । हामीले ल्याएको बजेट पनि उत्पादन मुखी नै रहेको छ । किसानलाई पेन्सनको व्यवस्था समेत बजेमा रहेको छ ।’

आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बजेट पास भएको उनले बताए । नेपालले तरकारी निर्यात गर्नु पर्ने ठाउँमा आयात गरेको बताउँदै किसान संघले अब उत्पादनमा जोड दिन गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *