साढे ४८ लाखभन्दा बढीले लिए प्यान नम्बर – Nepal Press

साढे ४८ लाखभन्दा बढीले लिए प्यान नम्बर

काठमाडौं । स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या साढे ४८ लाख नाघेको छ ।

अर्थमन्त्रालयका अनुसार हालसम्म ४८ लाख ५४ हजार ६२ जनाले प्यान नम्बर लिएका छन् । यसमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ३० लाख ५८ हजार १ सय ८८ छ । यस्तै १ लाख ७७ हजार ७ सय ले व्यावसायिक लेखा नम्बर लिएका छन् । अग्रिम कर कट्टीका लागि स्थायी लेखा नम्बर लिनेहरू १ हजार ९४ जना छन् ।

मूल्य अभिवृद्धि करमा हालसम्म २ लाख ९५ हजार ५ सय ४६ र अन्तशुल्कमा १ लाख १५ हजारको दर्ता रहेको अर्थमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *