माल्दिभ्समा लिग जितेपछि किरणले टिमकै अगाडि प्रेमिकासँग गरे ‘ईंगेजमेन्ट’ (भिडिओ) – Nepal Press

माल्दिभ्समा लिग जितेपछि किरणले टिमकै अगाडि प्रेमिकासँग गरे ‘ईंगेजमेन्ट’ (भिडिओ)

काठमाडौं । नेपाली फुटबल टिमका पूर्वकप्तान किरण चेम्जोङ सहभागी माजिया स्पोर्टस एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेको छ । हिजो भएको फाइनलमा क्लव इगल्सलाई ५-० को फराकिलो अन्तरले हराउँदै माजिया लिग च्याम्पियन बनेको हो ।

माजियाको जितमा महत्वपूर्ण भूमिका खेलेका किरणले यस सिजनकै सर्वोत्कृष्ट गोलकिपरको उपाधि पाए । प्रतियोगिताभरि प्रेरणादायी प्रदर्शन गरेका उनले फाइनल जितपछि विशेष तरिकाले सेलिब्रेट गरेका छन् । उनले उपाधि जितेपछिको सेलिब्रेसनमा आफ्नी प्रेमिकालाई पनि सहभागी गराए ।

उपाधिसहित टिमले फोटोसेसन गर्ने क्रममा किरणले प्रेमिका कञ्चन निरौलालाई हात समातेर लगेका थिए । त्यसपछि उनले रोमाञ्टिक शैलीमा एउटा घुँडा टेकेर कञ्चनलाई औंठी लगाइदिए । टिमको अगाडि नै किरणले यसरी प्रेम दर्शाउँदा कञ्चन निकै लजाएकी थिइन् ।

बुझिएअनुसार विगत डेढ वर्षदेखि किरण र कञ्चन प्रेममा छन् । यसअघि नेपालले थ्री नेसन्स कप जितेपश्चात किरणले उपाधि उचाल्दा कञ्चन पनि फ्रेममा देखिएकी थिइन् । उनीहरूको भिडिओ टिकटकमा आएको थियो । यद्यपि, आधिकारिकरूपमा उनीहरूले आफ्नो प्रेम सम्बन्ध उजागर गरेका थिएनन् ।

प्रतिक्रिया

2 thoughts on “माल्दिभ्समा लिग जितेपछि किरणले टिमकै अगाडि प्रेमिकासँग गरे ‘ईंगेजमेन्ट’ (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *