प्रकाश सपुत अभिनीत पहिलो चलचित्र ‘परदेशी २’ को ‘के बर मागी फर्क्यौ’ गीत सार्वजनिक (भिडिओ) – Nepal Press

प्रकाश सपुत अभिनीत पहिलो चलचित्र ‘परदेशी २’ को ‘के बर मागी फर्क्यौ’ गीत सार्वजनिक (भिडिओ)

गायकबाट नायक बन्दै प्रकाश सपुत

काठमाडौं । प्रकाश सपुत र केकी अधिकारी अभिनीत चलचित्र ‘परदेशी २’ को ‘के बर मागी फर्क्यौ’ बोलको गीत सार्वजनिक भएको छ ।

रमेश पौडेलको शब्द र नारायण रायमाझीको संगीत रहेको उक्त गीतमा निशान भट्टराईले स्वर दिएका छन् । रीमा इन्टरटेन्मेन्टबाट साझा भएको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

सार्वजनिक भएको ‘के बर मागी फर्क्यौ’ गीत रमेश पौडेलले २०४९ सालमा नै लेखेका थिए । ३० वर्ष पछाडि उक्त गीतलाई भिडियोमा उतारिएको हो ।

असोज १४ बाट देशभर एकसाथ रिलिज हुन लागेको चलचित्र ‘परदेशी २’ २०७२ सालमा रिलिज भएको चलचित्र ‘परदेशी’ को दोस्रो भाग हो । प्रशान्त तामाङ र रजनी केसी अभिनीत चलचित्र ‘परदेशी’ सो वर्षको शीर्ष १० चलचित्रहरू मध्ये एक समेत घोषित भएको थियो ।

गायकबाट नायक बन्न होमिएका सपुतको भने यो डेब्यु चलचित्र हो । प्रकाश र केकी लगायत यस चलचित्रमा वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, निर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्की, आदिको अभिनय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *